Pura Samachar

नेपाल पुलिसले एपीएफलाई ५८ रनले हरायाे,शीर्ष स्थानमा उक्लियाे

प्रकाशित: January 22, 2024
पूरा समाचार

नेपाल पुलिसले एपीएफलाई ५८ रनले हरायाे,शीर्ष स्थानमा उक्लियाे

  1. काठमाडौं । विभागी टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित हात पारेको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले हराएको हो ।

शिद्धार्थ रंगशालामा पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रन बनायो ।

एपीएफका लागि सन्दीप जोराले नट आउट २५ रनको योगदान गरे । त्यस्तै अमर राउटेलाले २३ रन बनाउँदा पवन सर्राफले १३ रन बनाउ ।

पुलिसका लागि ललित राजवंशीले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४५ रन बनायो ।

पुलिसका लागि दिलिप नाथले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३१ रन बनाउँदा शंकर रानाले २२ रनको योगदान गरे ।

एपीएफका लागि भुवन कार्कीले तीन विकेट लिँदा अमर राउटेला र  रमेश कुर्मीले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया