Pura Samachar

परिसूचक नेप्से३१.४९ अंक घटेसँगै २०९८ अंकमा कायम

प्रकाशित: January 22, 2024
पूरा समाचार

परिसूचक नेप्से३१.४९ अंक घटेसँगै २०९८ अंकमा कायम

८ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३१.४९ अंक घटेसँगै २०९८ अंकमा कायम भएको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३६ करोडमा खुम्चियो ।

ब्यापारबाहेकका सबै समूह घटेका छन् । सो समूह ०.३५ प्रतिशत बढ्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.२ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १३, विकास बैंक ६३, फाइनान्स ३२, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ६०, जीवन बीमा ८१, उत्पादन ७८, माइक्रोफाइनान्स ७६, निर्जीवन बीमा १३७ र अन्य समूह ३१ अंक घटे ।

अपर स्याङ्गेको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोको ९.४ प्रतिशत मूल्य घट्यो । आशा लघुवित्तको ६.६, ङादी ग्रुपको ३.८, मैलुङखोला जलविद्युत्को २.८ प्रतिशत मूल्य बढ्यो । दोर्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.३ प्रतिशत घट्यो । हिमालयन लघुवित्तको ७.२, लिबर्टी इनर्जीको ६.७, रिडी पावरको ६.७ र मकर जितुमायाको ६.५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, अपी पावर, सननेपाल लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया