Pura Samachar

मधेस प्रदेशले आज सुदूरपश्चिम प्रदेशलाई ८० रनले हरायाे, तेस्रो स्थानमा उक्लियाे

प्रकाशित: January 22, 2024
पूरा समाचार

मधेस प्रदेशले आज सुदूरपश्चिम प्रदेशलाई ८० रनले हरायाे, तेस्रो स्थानमा उक्लियाे

  • काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले आज सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई ४४.५ ओभरमा २३९ रनमा अलआउट गर्दै मधेसले २ अंक थपेको हो ।

सुदूरपश्चिमका नरेन भट्टले शतकीय पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए।

मधेसका राजेश यादव र प्रदिप पासवानले ३–३ विकेट लिए। रंजित कुमारले २ तथा पवन सराफ र हरिशंकर शाहले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा ३१९ रन बनाएको थियो । मधेसका मयन यादवले शतक प्रहार गरे । उनले १२८ बलमा ८ चौका र २ छक्का मद्दतमा ११५ रन बनाए।

पवन सराफले ७० र अनिल साहले ६९ रनको योगदान गरे । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए।

जितसँगै मधेस तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम भने चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया