Pura Samachar

मणिपूरले मनायो राज्य दिवस

प्रकाशित: January 23, 2024
पूरा समाचार

मणिपूरले मनायो राज्य दिवस

डा हरिमोहन पोखरेल

कोहिमा/अबेर गरी प्राप्त समाचार अनुसार मणिपूर राज्यले आफ्नो स्थापना दिवस मनाएको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यको फर्स्ट मणिपूर राइफलको परेड ग्राउन्डमा सम्पन्न समारोहमा राज्यका मुख्यमन्त्री एन विरेनले भने कि हामीले भारत सरकारमा विलय भए पश्चात् धेरै प्रकारको सुविधाजनक जीवनयापन गरेको हो ।
उनले अगाडी थपे कि सरकारले सक्दो प्रयास राज्यमा शान्ति र सुरक्षा व्यवस्था कायम गर्ने प्रयासरत छ ।
उनले अगाडी भने कि सरकारले केन्द्र सरकार संग वार्तालाप गरी रहेको छ ।फेरि पनि खुशीको समाचार सुन्न नपाउनु हाम्रो दुर्भाग्य हो ।
अगाडि उनले आसा जनाए कि राज्यमा जल्दी भन्दा जल्दी शान्ति स्थापित हुनेछ ।
यस अवसरमा राज्यको विभिन्न विभागको पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया