
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यको हालैको स्थिति बारे दसवटा राजनीति पार्टी बीच गहन बैठक सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यको हालात को जल्दी भन्दा जल्दी सुधार र कुना काप्चामा बढी रहेको हिंसालाई काबु गर्नकै लागी पनि हामीले सक्रिय रूपमा सजग हुनुपर्ने छ ।

बैठक पछी मुख्यमन्त्री एन विरेनले भने कि भविष्यमा हामीले धेरै भन्दा धेरै दु:ख पाइने छ ।आजको समय हामीले जातीय हिंसा गरेर कुनै फाइदा छैन ।जति सक्दो हामीले यो समस्याबाट माथी निस्किने प्रयास गर्नुपर्ने छ ।
बैठकमा विभिन्न पार्टीका प्रवक्ताहरुले आफ्नो -आफ्नो वक्तव्य राखेर राज्यमा शान्ति बहालीको कामना गरे ।
स्मरण रहोस् यो समाचार लेखुन्जेल सम्म कुनै पनि ठाउमा घटना भएको खबर छैन ।
प्रतिक्रिया