Pura Samachar

थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

प्रकाशित: January 23, 2024
पूरा समाचार

थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

पोखरा । थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पोखरा रंगशलामा थ्री स्टारलाई जित दिलाउन योगेश गुरुङ र एञ्जल महर्जनले एक–एक गोल गरे ।

सहराका लागि आशिष गुरुङले एक गोल गरे । खेलको पाँचौ मिनेटमा योगेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यता आयोजक टोलीले खेलको २३ औं मिनेटमा गोल फर्काउन सफल भयो । सहाराका लागि आशिषले गोल गरे ।

खेलको ५९ औं मिनेटमा एञ्जलले गोल गर्दै थ्री स्टारलाई २–१ गोलको जितसँगै क्वाटरफाइनलमा पुगाए ।  अब थ्री स्टारले सेमिफाइनलमा भुटानको टोली पारो एफसीसँग खेल्नेछ ।

प्रतिक्रिया