
कतारमा भइरहेको एएफसी एसियन कप खेलिरहेको दक्षिण एसियाको एक्लो टिम भारत समूह चरणबाटै बाहिरिएको छ।
आज भएको समूहको तेस्रो खेलमा सिरियासँग १-० गोलले पराजित भएसँगै भारत एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो।
भारतविरूद्ध जित निकाल्ने क्रममा सिरियाका ओमार ख्रिबिनले निर्णायक गोल गरे। उनले खेलको ७६ मिनेटमा गोल गरेका थिए।
यसअघि भारतले पहिलो खेलमा अस्ट्रेलियासँग २-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-० को हार बेहोरेको थियो।
प्रतिक्रिया