Pura Samachar

मुख्यमन्त्रीको निङ्थोउखोङ भ्रमण

प्रकाशित: January 24, 2024
पूरा समाचार

मुख्यमन्त्रीको निङ्थोउखोङ भ्रमण

डा हरिमोहन पोखरेल
कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार गत केही दिन अगाडी राज्यको निङ्थोउखोङ खामखा लैकाइमा कुकी उग्रवादीहरुले चारजना खेतीवालाहरुको हत्या गरेको पश्चात् राज्यमा अशान्तिको माहोल उत्पन्न भएको थियो ।यो उग्र माहोललाई शान्ति गराउने उदेश्यले मुख्यमन्त्रीले उक्त स्थानको भ्रमण गरेको समाचार छ ।


मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री एन विरेनले उक्त चारजना खेतीवालाको शोक संतप्त परिवारलाई सान्त्वना दिए र सरकारले चाडो दोषीलाई सजाए दिने आस्वासन पनि दिए ।
मुख्यमन्त्रीले भने कि परिवारलाई सक्दो सहयोग सरकारबाट गरिने र सरकार साथमा रहने कुरा पनि गरे ।
यस अवसरमा राज्य सरकारका विभिन्न पदाधिकारीहरु पनि उपस्थिति थियोे ।
स्मरण रहोस मणिपूरमा अझै पनि छिटपुट घटनाहरु भई रहेका छन ।फेरि पनि शान्ति कहिले सम्म सम्भव हुन्छ त्यो त प्रश्नचिन्ह बनेर रहेको छ ।

प्रतिक्रिया