Pura Samachar

जापान एसियन कपको अन्तिम १६ मा

प्रकाशित: January 24, 2024
पूरा समाचार

जापान एसियन कपको अन्तिम १६ मा

दोहा — उपाधिको बलियो दाबेदार जापानले एसियन कपको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेको छ । उसले यसका लागि समूह ‘डी’ को खेलमा इन्डोनेसियालाई ३–१ ले हरायो । यो जितपछि जापानको तीन खेलबाट ६ अंक भएको छ ।

जापान दोस्रो स्थानमा छ । भियतनामलाई ३–२ ले हराएको इराक ९ अंकसहित शीर्ष स्थानमा छ । इराकले आफ्नो दोस्रो खेलमा जापानलाई हराएर नकआउट चरणको स्थान सुरक्षित गरिसकेको थियो ।

इन्डोनेसिया ३ अंकमा तेस्रोमा रह्यो र उसले आफ्नो अर्को चरण खेल्ने सम्भावनाका लागि लिग चरणका सबै खेल समाप्तीसम्म कुर्नु पर्नेछ । भियतनाम भने सबै खेलमा पराजित रह्यो र बिना कुनै अंक टिम प्रतियोगिताबाट

प्रतिक्रिया