
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा पुलिसले एपीएफलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । पोखरा रंगशालमा भएको खेलमा पुलिसलाई जित दिलाउन मानबहादुर परियारले दुई गोल गरे ।
खेलको १९ औं मिनेटमा मानबहादुरले गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७१ औं मिनेटमा मानबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई जित दिलाउन सफल भए ।
यो जितसँगै पुलिसले क्वाटरफाइनलमा चर्च ब्वाइजसँगको भेट पक्का गरेको छ।
प्रतिक्रिया