
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यले आज भारतवर्षको ७५औं गणतन्त्र दिवस मनाएको समाचार छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य समारोह राज्यको इतिहासिक काङ्लामा भएको थियोे ।
मुख्य अतिथिको आसनबाट बोल्दै महामहिम राज्यपाल सुश्री अनुसुया युकीले भन्निन कि हालमा राज्यको स्थिति निकै बिग्रेको छ ।जसले गर्दा सरकारलाई पनि ठुलो असर परेको छ ।
सभामा उनले भनिन कि मणिपूर राज्यको हित र कानुन व्यवस्थाको लागि सरकारले जतिसुकै कदम उठाए पनि केन्द्र द्वारा गरेको कार्यले जनता माझ असहमति छ ।परिणामस्वरूप हामीले जुन कथा र व्यथा खपेको छ ।त्योभन्दा माथी केही पनि छैन ।
उनले अगाडी जनाइन कि केन्द्र सरकारले जल्दी भन्दा जल्दी राज्यमा शान्ति र स्थिरता ल्याउने प्रयास गरोस।
समारोहमा राज्यका मुख्यमन्त्री एन विरेनले भने कि मणिपूरको विस्वमा जुन छवि थियोे त्यो आज परिवर्तन भएको छ ।
उनले अगाडी थपे कि सरकारले आफ्नो स्थानबाट शान्तिको प्रयास नगरेको होइन ।फेरि पनि केन्द्र द्वारा गरिनु पर्ने सहयोग भने कम्ती छ ।
उनले अगाडि भने कि राज्यमा छिटो भन्दा छिटो शान्ति बहाली गर्दै विकास र प्रगति होस ।
यस अवसरमा राज्यपालले परेडको सलामी लिए पश्चात् झन्डा फहराइन ।यस पावन अवसरमा राज्य सरकारका विभिन्न बिभागका पदाधिकारीहरु लगायत विभिन्न तप्काका मानिसहरुको बाक्लो उपस्तिथि थियोे ।
आज गणतन्त्र दिवसको समारोह मणिपूर लगायत नागाल्याण्ड मिजोरम अरुणाचल प्रदेश सिक्किम त्रिपूरा र असममा पनि मनाएको समाचार छ ।
प्रतिक्रिया