Pura Samachar

मणिपूरमा Beating the retreat को समारोह

प्रकाशित: January 28, 2024
पूरा समाचार

मणिपूरमा Beating the retreat को समारोह

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यमा आज गणतन्त्र दिवसको समापन समारोहअर्थात Beating the retreat सम्पन्न भएको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार समारोहमा महामहिम राज्यपाल सुश्री अनुसुया उकी एवं मुख्यमन्त्री एन विरेनको प्रमुख आतिथ्य थियोे ।
समापन समारोहमा बोल्दै महामहिम राज्यपालले भनिन कि हामीले हाम्रो देशभक्तहरुलाई भुल्नु हुन्न अनि निरन्तर रूपमा प्रतिभागी बनेर देश र रास्ट्रको उन्नति गर्नुपर्ने हुन्छ ।
समारोहमा मुख्यमन्त्री एन विरेनले सबै प्रतिभागी लगायत समग्र जनतालाई कार्यक्रम सफल बनाएकोमा धन्यवाद ज्ञापन गरे ।
राज्यपाल एवं मुख्यमन्त्रीले गणतन्त्र दिवसमा भाग लिएर विजयी बनेका प्रतिभागीहरुलाई सुभकामना दिदै पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया