काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि १६४ नरको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णालीले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११५ रन बनायो ।
कर्णालीका लागि हिमान्सु शाहीले सर्वाधिक १९ रनको योगदान गरे । त्यस्तै विपिन जोशीले १४ रन बनाउँदा रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२–१२ रनको योगदान गरे ।
आर्मीका लागि विवेक यादव र कुशल मल्लले तीन–तीन विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा साहव आलमले एक विकेट लिए ।
त्यसअघि आर्मीका लागि विनोद भण्डारीले १०० रनको शतकीय पारी खेले । १३२ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै बसिर अहमले ९८ रनको अर्धशतकीय पारी खेले । कर्णालीका लागि दिपेन्द्र रावतले दुई विकेट लिँदा प्रकाश जैशी, दिपेश अधिकारी र दिवन पुनले एक–एक विकेट लिए ।
प्रतिक्रिया