
पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा साविकको विजेता टोली संकटा क्लबलाई हराउँदै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा आर्मीले संकटालाई ३–० हराएको हो । आर्मीका लागि दिनेश हेमजङले दुई गोल गर्दा जिलेप्सीजंग कार्कीले एक गोल गरे ।
खेलमा आर्मीका जिलेप्सीजंग कार्कीले खेलको ४५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ४९ मिनेटमा दिनेश हेम्जङले पेनाल्टीमा गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको ७६ औं मिनेटमा हेम्जङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।
प्रतिक्रिया