Pura Samachar

पुर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईबिच भेटवार्ता

प्रकाशित: January 29, 2024
पूरा समाचार

पुर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईबिच भेटवार्ता

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईबिच भेटवार्ता भएको छ । प्रसाईले सोमबार आफ्नो फेसबुक पेजमा पुर्वराजा शाह र आफ्नो फोटो पोष्ट्याउँदै श्री ५ महाराजधिराजसँग अर्थपुर्ण भेट भएको बताएका छन् ।

‘श्री ५ महाराजधिराजसँगको अर्थपुर्ण भेट । लधुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउनेछ।’ उनले लेखेका छन् । स्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्रको निमन्त्रणमा प्रसाई शाहलाई भेट्न आईतबार बेलुका पर्सा पुगेका थिए । र आज सोमबार बिहान उनीहरुबिच भेट भएको हो । पछिल्लो समय दुर्गा प्रसाई राजतन्त्र तथा वित्तिय सस्ंथाको ज्यादती विरुद्ध खुला रुपमा वकालत गर्दै आईरहेका छन् भने पुर्वराजा शाहले पनि आफ्नो शक्रियता देखाईरहेका छन् । प्रसाईंले हिजो अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया