काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३४ अकंले बढेर २१०१.८१ बिन्दुमा बन्द भएको छ । सोमबार ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज १० उपसूचकमा हरियाली लागेको छ । सोमबार विकास बैंक समूहको ०.०७ प्रतिशत, फाइनान्स समूहको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.११ प्रतिशतले सेयर मूल्य बढेको हो ।
यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रतिक्रिया