Pura Samachar

सरकारी कार्यालय भोलि मंगलबारदेखि साँझ ५ बजेसम्म खुल्ने

प्रकाशित: January 29, 2024
पूरा समाचार

सरकारी कार्यालय भोलि मंगलबारदेखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं। सरकारी कार्यालय भोलि मंगलबारदेखि साँझ ५ बजेसम्म खुल्नेछन्।

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने छन्।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

 

प्रतिक्रिया