Pura Samachar

जावलाखेल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

प्रकाशित: January 29, 2024
पूरा समाचार

जावलाखेल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

पोखरा । जावलाखेल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार मनाङलाई सडन डेथमा ७–६ गोलले हराउँदै जावलाखेलले उपाधिबाट एक कदम नजिक भएको हो ।

पोखरा रंगशालमा निर्धारित र अतिरिक्त समयमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा घकेलिएको थियो ।

जसमा जावलाखेलले बाजि मार्न सफल भयो । खेलमा सुरुवाती अग्रता जावलाखेलले बनाएको थियो । हिसुब थपलियाले खेलेको ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

मनाङका राजेश परियारले खेलको ८९ औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट बचाएका थिए ।

जावलाखेलका लागि विशाल तामाङ, पुस्कर खड्का, छिरिङ लामा, प्रवेश कुँवर, हरिश राज भट्ट, प्रदिप बुढाथोकी र शिशिर लेखीले गोल गरे ।

जावलाखेलका सेवान्त थापा र हिसुव थपलियाले पेनाल्टी मिस गरे ।

मनाङका जय गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, अस्विन घोरसैनी, लुक्षु थापा मगर, जियारथले गोल गरे । त्यस्तै रणपि पौडेल, सुरज सिह, निशान लिम्बुले गोल मिस गरे ।

प्रतिक्रिया