Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: January 30, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम भएकाे छ ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया