काठमाडौँ : हृदयघातका कारण आज बिहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ। बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलंकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो।
उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।
न्यायाधीश मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। रौतहट जिल्ला अदालतबाट उनी बढुवा भएर उच्च अदालत आएका हुन्। उच्च अदालतले उनको आज एकल इजलास र संयुक्त इजलास तोकेको थियो। उनको निधनपछि अदालतले आजका सबै पेशी स्थगित गरेको छ।
प्रतिक्रिया