Pura Samachar

आहा ! रारा पोखरा गोल्डकप फुटबल: नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै चर्च ब्‍वाइज अन्तिम चारमा

प्रकाशित: January 30, 2024
पूरा समाचार

आहा ! रारा पोखरा गोल्डकप फुटबल: नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै चर्च ब्‍वाइज अन्तिम चारमा

पोखरा, १६ माघ । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको क्‍वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै चर्च ब्‍वाइज अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजको जीतमा समिर तामाङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा पुलिसले ७२औं मिनेटमा गोल व्यहोर्न पुगेको थियो ।

डिफेन्डर दीपेन्द्र बिक बलतर्फ गइरहँदा गोलरक्षक शत्रुघन चौधरी पनि बल लिन अघि बढेका थिए । सो क्रममा चर्च ब्वाइजका समिरले बल भेट्टाए र एक्लै बल अघि बढाउँदै खाली पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफभन्दा आक्रामक खेल प्रस्तुत गर्दै चर्च ब्वाइजले पुलिसलाई दबाबमा राखेको थियो । दबाब राख्दै गर्दा ७२औं मिनेटमा निर्णायक गोल निस्किएको थियो ।

चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग बिहिबार खेल्ने छ । त्यसअघि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच पहिलो सेमिफाइनल हुने छ ।

प्रतिक्रिया