Pura Samachar

थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान क्वाटरफाइनलमा

प्रकाशित: January 31, 2024
पूरा समाचार

थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान क्वाटरफाइनलमा

एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार भएको अन्तिम १६ अन्तर्गत खेलमा थाइल्याण्डलाई २–१ ले हराउँदै उज्बेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अल जानौब रंगशालामा भएको खेलमा उज्बेकिस्तानको जितमा अजिजबेक तुर्गनबोएभ र आबोस्बेक फायजुल्लेभले गोल गरे ।

पराजित टोलीका लागि सुपचोक साराच्याटले एक गोल फर्काए ।

पहिलो हाफको ३७ औं मिनेटमा डियोर होल्माटोभको पासमा अजिजबेकले गोल गर्दै उज्बेकिस्तानलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ५८ औं मिनेटमा थाइल्याण्डका सुपाचाई चाइदेदको पासमा सुपचोकले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ६५ औं मिनेटमा जालोद्दिन मासारिपोभको पासमा अबोस्बेकले गोल हान्दा उज्बेकिस्तान २–१ ले विजयी भयो ।

प्रतिक्रिया