Pura Samachar

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

प्रकाशित: January 31, 2024
पूरा समाचार

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसमा पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही,  लुम्बिनी र  गण्डकी  प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया