Pura Samachar

रियल म्याड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा

प्रकाशित: February 2, 2024
पूरा समाचार

रियल म्याड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ — जोसेलुले प्रत्येक हाफमा गरेको एक/एक गोलमा रियल म्याड्रिडले छिमेकी प्रतिद्वन्द्वी गेटाफेलाई बिहीबार २–० ले पराजित गर्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लको छ । उनले १४ र ५६ औं मिनेटमा गोल गरे ।

यो जितपछि कार्लो एन्सेलोटीको रियलले जिरोनामाथि दुई अंकको अग्रता बनाएको छ । रियलको २२ खेलबाट ५७ अंक भएको छ ।

जिरोनाको समान खेलबाट ५५ अंक रहेको छ ।त्यसपछाडि एटलेटिको म्याड्रिड र बार्सिलोना समान ४७ अंकमा छन् । हारले गटाफे भने १० औं स्थानमा रह्यो । उसको २९ अंक छ ।

प्रतिक्रिया