डा हरिमोहन पोखरेल
कोहिमा /हिजो राती दुई बजेबाट कोहिमामा पानी परेको खबर छ ।
मौसम विभागबाट प्राप्त समाचार अनुसार पानी निरन्तर रूपमा पर्ने र चिसोको मात्रा भने कम हुँदै जाने छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार यो पानी यो सालको पहिलो पानी परेको र पानीले भने विभिन्न प्रकारको बिमार समेत हरेर जाने कुरा पनि गरेको छ ।
मौसम विभागले जनाए अनुसार आगामी केही दिन सम्म मौसम सफा रहने छैन भने जाडोमा भने कमी आउने छ ।
विभागले दिएको अर्को खबर अनुसार यो साल खेती किसानले भने पानीको कमी महसुस गर्ने छैनन भने उपजाउ भने दोब्बर रहने कुरा रहेको छ ।
स्मरण रहोस कोहिमामा परेको पानीले खुशी त ल्याएको छ भने हाल चिसो पनि कम छैन ।
प्रतिक्रिया