पोखरा ।आज त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधिका लागि थ्री स्टार क्लबसँग खेल्दैछ ।
हालसम्म चार पटक फाइनल पुगरे उपाधि जित्न नसकेको आर्मी यो पटक भने उपाधि जित्ने लक्ष्यमा छ ।
आर्मीका कप्तान भरत खवासले आहा रारा गोल्डकपमा हालसम्म उपाधि जित्न नसक्नु आर्मीका लागि र्दुभाग्य भएको बताए ।
प्रशिक्षक मेघराज केसीले आफूहरु युवा खेलाडीमा विश्वास रहेको बताए ।
यता थ्री स्टारका कप्तान विराज महर्जनले पुर्व सहकर्मी नै अहिले प्रशिक्षक रहेको हुँदाम टिममा केही सहज खेल वातावरण भएको बताए ।
‘टिमका पूर्व खेलाडी र सहकर्मी नै प्रशिक्षक छन् । त्यसैले खेल वातारवणमा केही सहज छ । म आफै खेल्नु भन्दा युवा खेलाडीलाई आफ्नो अनुभवले राम्रो बनाउने प्रयास गर्दैछु । टिम कप्तान र मेंन्टरको भूमिकामा छु । हामी छैटौं उपाधिका लागि तयार छौं,’ महर्जनले भने ।
यता थ्री स्टारका प्रशिक्षक विक्रम लामाले आफ्नो पूर्व प्रशिक्षकको टोलीसँग उपाधिका लागि खेल्न पाउँदा खुसी भएको बताएका छन् । साथै आफू प्रशिक्षण करियरको पहिलो उपाधिका लागि तयार भएको पनि बताए ।
‘आफ्नो पूर्व प्रशिक्षकको टिमविरुद्ध खेल्न पाउँदा खुसी छु । हाम्रो लक्ष्य उपाधि जित्ने हुनेछ । युवा टोलिलाई उपाधि जित्ने यो राम्रो अवसर छ । मेरो लागि पनि प्रशिक्षक करियरको यो सुनौलो अवसर हो,’ लामाले भने ।
प्रतिक्रिया