Pura Samachar

त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि

प्रकाशित: February 3, 2024
पूरा समाचार

त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

पोखरा रंगशालमा भएको खेलमा आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की, फात्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलको ८३औं मिनेटमा घलेले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । खेलको अतिरिक्त समयमा बसन्तले गोल गर्दै आर्मीलाई ३–० गोलको जित दिलाए ।

आर्मी यसभन्दा अघि चार पटक फाइनलमा प्रवेश गरेको थियो । आर्मीले अहिलेसम्म उपाधि भने जित्न सकेको थिएन ।

उपाधिसँगै आर्मीले १२ लाख र थ्री स्टारले ६ लाखमा पुरस्कार रकम प्राप्त गरकेो छ ।

प्रतिक्रिया