Pura Samachar

एसियन हाइवेको स्थिति खराब

प्रकाशित: February 3, 2024
पूरा समाचार

एसियन हाइवेको स्थिति खराब

डा हरिमोहन पोखरेल

कोहिमा / भारतको एसियन हाइवे भनेर जानिने नेसनल हाइवे नम्बर २९ को नागाल्याण्ड राज्यभित्र पर्ने जुब्जामा भने निकै खराब भएको खबर छ ।
एउटा विस्वसनीय सुत्रबाट प्राप्त एउटा भिडियो फुटेजले जनाएको छ कि हाइवेको स्थिति अति नाजुक रहेको र समय रहुन्जेल मर्मत गरिएन भने आगामी बर्खा समयमा सो सडकको नामोनिसान नरहने कुरा पनि जनाएको छ ।
सुत्रले अगाडि जनाएको छ कि संबंधित विभाग र सरकारले चाडो भन्दा चाडो मर्मत गरेर ठुलो नोक्सानीबाट बचाएको राम्रो हुने छ ।
स्मरण रहोस नागाल्याण्ड राज्यमा प्रत्येक साल सडक घस्कने गर्छ

प्रतिक्रिया