काठमाडौं : एसियन कपको सेमिफाइनल समीकरण पूरा भएको छ। गएराति भएको क्वाटरफाइनलको अन्तिम खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।
निर्धारित समयमा दुवै देशले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ।
योसँगै अब सेमिफाइनलको समीकरण पूरा भएको हो। गएराति नै भएको खेलमा इरानले जापानलाई २–१ गोलले स्तब्ध पार्दै अन्तिक चारमा स्थान बनाएको थियो। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र् दक्षिण कोरिया पुगेका छन्।
जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।
प्रतिक्रिया