Pura Samachar

आर्सनल लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल

प्रकाशित: February 5, 2024
पूरा समाचार

आर्सनल लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल

काठमाडौँ – आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो ।

गोलकिपर एलिसनको गल्तीको फाइदा उठाउँदै बुकायो साकाले खेलको १४ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ग्याब्रिएलले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो ।

दोस्रो हाफमा भर्जिल भान डाइक र एलिसनले गल्ती गरेपछि ६७ औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले पुनः घरेलु टोलीलाई अग्रता दिलाए । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले तेस्रो गोल थप्दै आर्सनललाई जीत दिलाए ।

२३ खेलपछि आर्सनलको ४९ अङ्क रहेको छ । लिभरपुल समान खेलबाट ५१ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया