काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
बिहीबार नेपाली बजारमा १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख १८ हजार ९५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया