Pura Samachar

मुख्यमन्त्रीले गरे MANIFRESH खाद्य प्रसाधनको समारोहमा सहभागिता

प्रकाशित: February 5, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे MANIFRESH खाद्य प्रसाधनको समारोहमा सहभागिता

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यको भुमि एवं जल संरक्षण विभागको बागवानी शाखा द्वारा आयोजित एउटा समारोहमा मुख्य अतिथिको रूपमा सहभागिता रहेको खबर छ ।
प्रेसले प्राप्त समाचार अनुसार सो समारोहमा मणिफ्रेस (Manifresh)नाम नाम अन्तर्गत समाजमा विभिन्न तप्काका समाजिक संस्थाहरु मिलेर खाद्य प्रसोधन गरि विभिन्न रूपमा प्रस्तुत गरेको थियोे ।
समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि हामीले यति राम्रो खाद्य प्रसोधन गरेर विभिन्न प्रकारको खाद्य समाग्री तयारीमा ल्याउन सक्नु ठुलो कुरा हो ।
उनले अगाडि थपे कि आगामी भविस्यमा हामीलाई कोल स्टोरेजको ठुलो खाचो पर्ने छ ।
हामीले जग्गा -जग्गामा विभिन्न कोल स्टोरेज बनाएको पनि छ फेरि पनि संख्या बढाउने काम गर्नुपर्ने रहेको छ ।
उनले अगाडि थपे कि सरकारले सक्दो सहयोग गर्नेछ अनि यो काममा अग्रसर हुनेहरु धन्यवादका पात्र पनि हुनुहुन्छ ।
यस समारोहमा विभिन्न स्वयंसेवी संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
स्मरण रहोस मणिपूरले आफ्नो प्रकारको खाद्य समाग्री तयार गरेको पाइन्छ ।जसले आफ्नो बजार भने भारत बाङ्गलादेश र भुटानमा बनाएको इतिहास बताउँछ ।

प्रतिक्रिया