
काठमाडौँ : यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज शुरु हुने भएका छन्।
दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार आज दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। भोलिको खेलको विजेता फाइनलमा पुग्नेछ।
बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने आगामी आइतवार हुनेछ।
समूह ए बाट भारत र पाकिस्तान अपराजित रहँदै सेमिफाइनल पुगेका हुन् भने समूह बी बाट अष्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम ४ मा पुगेका हुन्।
प्रतिक्रिया