Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४४ अकंले बढेर २०८५.७१ बिन्दुमा

प्रकाशित: February 6, 2024
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४४ अकंले बढेर २०८५.७१ बिन्दुमा

काठमाडौँ । सेयर बजारमा सुधारको यात्राले निरन्तरता पाएको छ । हिजो दोहोरो अकंले बढेको बजारले आज पनि सोहि सुधार पाएको हो ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ । चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको देखिएको हो । अर्थतन्त्रका अधिकांश सूचक सुधारका हुँदा बजारलाई अघि बढ्न थप बल मिलि रहेको छ ।

ब्याजदर घट्दो क्रममा छ । सेयर बजारलाई प्रभाव पार्ने मुख्य कारण नै ब्याजदर हो । फागुनमा पुनः ब्याजदर घट्ने संकेत देखि सकेको छ । सो कारण समेत बजार अघि बढ्ने आंकलन हुन थालेका छन् ।

मौद्रिक नीति समीक्षामार्फत केन्द्रीय बैंकले कर्जा प्रवाहमा सहजता हुने गरी नीतिगत व्यवस्था गर्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकले पनि त्यसैतर्फ संकेत गरेको छ । बजार विरोधी नीतिहरुलाई पूर्णरुपमा खुकुलो बनाउने हो भने बजारले नयाँ यात्रा तय गर्न सक्ने देखिन्छ ।

लगानीकर्ताको मनोबल समेत बलियो हुँदैछ । नियामक केहि लचिलो हुँदा लगानीकर्तामा उत्साहको माहोल रहेको छ । बजारमा लगानीकर्ताले आफ्नो मनोबल थप बलियो बनाउन पर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४४ अकंले बढेर २०८५.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचकमा हरियाली आएको छ । मंगलबार ब्यापार समूहको ०.५४ प्रतिशत र अन्य समूहको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया