काठमाडौं : भारत आईसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए।
टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो। फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ। अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने बिहिबार हुने छ।
फाइनल खेल आगामी आइतबार हुने छ।
प्रतिक्रिया