
काठमाडौं : दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ।
गएराति सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो। जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए। जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो।
योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ। इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल आज राति हुने छ। फाइनल खेल शनिबार हुनेछ।
प्रतिक्रिया