Pura Samachar

सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश

प्रकाशित: February 7, 2024
पूरा समाचार

सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश

मकवानपुर । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा एपीएफले थ्रीस्टारमाथि ४–० गोलअन्तरलेको जित दर्ता गराएको हो ।

एकपक्षीय खेलमा एपीएफका तर्फबाट विदेशी खेलाडी एनिसेन्ट, सर्ज संग, अनिष महर्जन र प्रदीप लामाले गोल गरेका थिए । खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।

थ्रीस्टारमाथि एपीएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । उनले फ्रिकिकमा गोल गरेका हुन । थ्रीस्टारका डिफेन्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि एपीएफले फ्रिकिक पाएको थियो ।

एपीएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए । दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन् । ५८ औं मिनेटमा एपीएफले अर्को गोल थप्यो । प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किदै गोल भएको हो । खेलको ७७ मिनेटमा एपीएफका विदेशी खेलाडी सर्ज संगले चौथो तथा अन्तिम गोल गरे ।

खेलको म्यान अफ द म्याच एपीएफका प्रदीप लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति सफल भएको दाबी गरे । उनले आहा राराको उपविजेताको आफ्नो रणनीतिको अगाडि कमजोर सावित भएको बताए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया