Pura Samachar

संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त

प्रकाशित: February 7, 2024
पूरा समाचार

संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई आज राष्ट्रपति पाैडेलले महासचिवमा नियुक्त गरेका हुन्।

उनले आज मात्र राजीनामा दिएका थिए । राष्ट्रपतिले आजैदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेका थिए ।

 

प्रतिक्रिया