Pura Samachar

एएफसी एसियन कप फुटबलमा कतार फाइनलमा

प्रकाशित: February 8, 2024
पूरा समाचार

एएफसी एसियन कप फुटबलमा कतार फाइनलमा

काठमाडौं । एएफसी एसियन कप फुटबलमा कतार फाइनलमा प्रवेश गरेको छ ।

बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

खेलमा अग्रता इरानले चौथों मिनेटमा सरदार अजमेनको गोलमा लिएको थियो । जस्सेम गबर अब्दुलसल्लमले १७ औं मिनेटमा कतारका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेटअघि अकरम अफिफले कतारलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अलिरेजा जहानबख्शको गोलमा इरानले खेल बराबरीमा ल्याएको थियो । तर खेल सकिन ८ मिनेट अघि अलमोएज अलीले गोल गर्दै कतारलाई जिततर्फ डोर्याएका थिए ।

इन्जुरी समयमा शोजाए अलिलजदेहले रातो कार्ड खादै मैदान बाहिरिएपछि इरान १० खेलाडीमा सिमित बनेको थियो ।
कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया