एजेन्सी । अष्ट्रेलिया दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
विहिवार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई १ विकेटले पराजित गर्दै अष्ट्रेलिया यु–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
दक्षिण अफ्रिकाको बेनोनीस्थित साहारा पार्क विल्लोमोर क्रिकेट रंगशालामा भएको खेलमा १८० रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ४९.१ ओभर खेल्नेक्रममा ९ विकेट गुमाउँदै १८१ रन जोड्यो ।
अष्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ७५ बलमा ५ चौका प्रहार गर्दै ५० रनको अर्धशतक बनाउँदा ओले पिकले ७५ बलमा ३ चौका प्रहार गर्दै ४९ रन जोड्द्र पेविलियन फर्किए ।
त्यस्तै, टम इडवार्ड क्याम्पबेलले ४२ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा अर्का ओपनर साम कोन्सटासले ३१ बलमा २ चौका प्रहार गर्दै १४ रन जोड्दै पेविलियन फर्किए ।
यता, राफायल म्याकमिलानले २९ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडेर अविजित रहँदा कल्लुम भिडलर २ रनमा अविजित रहे ।
हरजस सिंह ५, कप्तान ह्युग वेइबगन ४, टम स्ट्राकेर ३ रन जोड्दै आउट हुँदा रायन हिक्स र माह्ली बियर्डम्यान शुन्य रनमा पेविलियन फर्किए ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा १० रन जोड्यो ।
पाकिस्तानका लागि अली राजाले ४ विकेट लिँदा अराफत मिन्हासले २ विकेट लिए ।
त्यस्तै, नाभेद अहमेद खान र उबैद शाहले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।
पाकिस्तानका लागि अजान अवाइसले ९१ बलमा ३ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा अराफत मिनहासले ६१ बल खेल्नेक्रममा ९ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, ओपनर ब्याट्सम्यान स्यामल हुसेनले २३ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा नाभेद अहमेद खान ९ रनमा अविजित रहे ।
यता, हारोन अर्शद ८, उबैद शाह ६, शाहजैब खान, अहमेद हसन र मोहम्मद जिशान समान ४–४, कप्तान साद बैग ३ र अली राजा शुन्य रनमा पेविलियन फर्किए ।
पाकिस्तानले अतिरिक्त रुपमा २० रन जोड्यो ।
पाकिस्तानलाई अलआउट गर्न अष्ट्रेलियाका लागि टम स्ट्राकेरले सर्वाधिक ६ विकेट लिँदा माह्ली बियर्डम्यान, कल्लुम भिडलर, राफायल म्याकमिलान र टम इडवार्ड क्याम्पबेलले समान १–१ विकेट लिए ।
अब अष्ट्रेलियाले उपाधिका लागि भारतसंग आईतवार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया