
वाशिङ्टन । नोभेल कोरोना भाइरसविरुद्धको खोप लगाउन ल्याटिन अमेरिकी मुलुकहरुमा पनि सुरु गरिएको छ । ल्याटिन अमेरिकी मुलुकमध्ये मेक्सिकोमा बिहीबारदेखि खोप लगाउन सुरु गरिएको हो ।
मेक्सिकोमा पहिलो खोप एकजना नर्सलाई लगाइएको छ । मेक्सिकोमा प्रारम्भिक चरणमा फाइजर-बायोएनटेकको तीन हजार डोज खोप ल्याइएको छ । मेक्सिकोमा अमेरिका, ब्राजिल र भारतपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार नै चिलि र कोस्टारिकामा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
अर्जेन्टिनामा पनि आगामी केही दिनमा खोप लगाउन सुरु गरिने जनाइएको छ । अर्जेन्टिनामा रुसी खोप स्पुतनिक भी लगाउने तयारी भइरहेको छ । रुसी खोप तीन लाख डोज खोप राजधानी ब्युनोस एरेस पुगिसकेको छ ।
ब्राजिलमा भने फेब्रुअरी मध्यतिरबाट पनि खोप लगाउन सुरु हुने भएको छ ।
यसअघि अमेरिका, बेलायतलगायतका मुलुकमा पनि खोप लगाउन सुरु गरिएको छ । – बीबीसी
प्रतिक्रिया