डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूरमा बढदो नसा र पोपीको अनैतिक रूपमा रोपिएको खेतीलाई सरकारले समाप्त पार्नको लागी सक्दो कदम उठाएको खबर छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजो राज्यको विभिन्न विभागका प्रमुख संग बसेको बैठकमा मुख्यमन्त्री एन विरेनले भने कि राज्यमा निरन्तर रूपमा आज पनि पोपी (गाजा)खेती गरेकोले गर्दा हामीले सक्दो रूपमा समाप्त पार्ने प्रयास गरेको छ ।
उनले अगाडी भने कि हामीले संस्थागत एवं पुलिस र एनसीबी संग मिलेर राज्यको बेग्लाबेग्लै ठाउमा गाजाको खेती समाप्त गरेको हो ।
उनले अगाडी थपे कि सरकारले जनताहरुको सहायतार्थ वैकल्पिक खेतीको रास्ता देखाउने प्रयास गरेको हो फेरि पनि उनीहरू त्यस तरफ अग्रसर नभएको देखेर अब चाहिँ सशक्त कदम उठाउने कुरा गरेको छ ।
उनले अगाडी थपे कि अब हामी गूगलको माद्यमबाट पनि गाजाको खेती रखरखाव एवं बिक्री सम्बन्धित सुचना पाउने प्रविधिको पनि व्यवस्था गरेका हौं ।
स्मरण रहोस मणिपूरमा सरकारले गाजा खेती समाप्त पार्ने प्रयास धेरै दिन अगाडिदेखि गरेको हो ।यस महत कार्यमा जनताले सहयोग दिनु ठुलो कुरा हो ।
प्रतिक्रिया