काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ । नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले उपाधि हात पारेको हो ।
आइतबार भएको खेलमा आइभोरी कोस्टले २–१ गोल अन्तरले नाइजेरियालाई पराजित गरेको हो ।
आइभोरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा यो उपाधि जितेको थियो । उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ ।
प्रतिक्रिया