
काठमाडौं । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।
। बीआर ११ एक्स ३४२९ भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा र नक्कली नोट फेला परेको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो ।
शङ्कास्पद अवस्थाको स्कारपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको प्रहरीले जनाएको छ ।
स्कारपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको थियो । त्यस लगत्तै प्रहरीले स्कारपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति फरार बनेका छन् । बरामद भएको रकम, स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया