Pura Samachar

क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखलामा नेपालकाे क्लिनस्वीप

प्रकाशित: February 13, 2024
पूरा समाचार

क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखलामा नेपालकाे क्लिनस्वीप

काठमाडौं : क्यानडाविरुद्धको तीन एकदिवसीय श्रृंखला नेपालले क्लिनस्वीप गरेको छ।

 

 

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ९ विकेटको जित निकालेसँगै नेपालले श्रृंखला क्लिनस्वीप गरेको हो।

नेपालको अन्तिम खेलमा नेपाललाई जित दिलाउन अनिल साह र भीम सार्कीले शतकीय योगदान गरे। अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा अनिल साह ११२ र सार्की १०१ रनमा अविजित रहे। कुशल भुर्तेल १३ रनमा आउट भएका थिए।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

प्रतिक्रिया