काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरेका छन् ।
महानिरीक्षक कुँवरले मंगलबार बेलुका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेका हुन्। त्यस क्रममा २५ जिल्लाका इन्चार्ज पनि फेरिएका छन।
तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ।
कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।
यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मीमा राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया