Pura Samachar

अनिल साह र देव खनालले आईसीसी डब्लूसी अनिल साह र देव खनालले आईसीसी डब्लूसीएल लिग टू खेल्ने राष्ट्रिय टिममा लिग टू खेल्ने राष्ट्रिय टिममा इन्ट्री

प्रकाशित: February 14, 2024
पूरा समाचार

अनिल साह र देव खनालले आईसीसी डब्लूसी  अनिल साह र देव खनालले आईसीसी डब्लूसीएल लिग टू खेल्ने राष्ट्रिय टिममा  लिग टू खेल्ने राष्ट्रिय टिममा इन्ट्री

काठमाडौं । अनिल साह र देव खनालले आईसीसी डब्लूसीएल लिग टू खेल्ने राष्ट्रिय टिममा इन्ट्री लिएका छन् ।

क्यानडाविरुद्धको सिरिजमा शानदार प्रर्दशन गरेका अनिल र देवले लिग टूमा खेल्ने टिममा समेत स्थान बनाएका छन् ।

अनिल र देवलाई समावेश गर्दै क्यानले आईसीसी डब्लूसीएल लिग टू खेल्ने टिमको घोषणा गरेको छ । क्यानले यसअघि क्यानडा सिरिज र लिग टूका लागि छुट्टा छुट्टै टिमको घोषणा गरेको थियो । लिग टू खेल्ने टिममा अनिल र देवको नाम समावेश थिएन ।

लिग टू खेल्ने टिममा दुई खेलाडी फेरबदल गर्दै अनिल र देवलाई समावेश गर्ने निर्णयमा क्यान पुगेको हो ।

क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा अनिलले मौका पाएका थिएनन् । दोस्रो खेलमा मौका पाएका अनिलले आक्रमक अर्धशतक प्रहार गरेका थिए । उनले ७ चौका र ३ छक्काको मदतले नेपालबाट एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए । दोस्रो खेलमा अनिलले १ सय १२ रनको शानदार सतकीय ईनिङ्स खेलेका थिए । खेलको म्यान अफ द म्याच चुनिएका अनिलले क्यानडाविरुद्धको सिरिजबाट राष्ट्रिय टिममा शानदार पुनरागमन गरेका थिए ।

देव खनालले समेत पहिलो खेलमा मौका पाएनन् । तर दोस्रो खेलमा अवसर पाएका देवले ७६ रनको शानदार इनिङ्स खेलेका थिए । दुवै खेलाडीको उच्च फर्म र प्रर्दशनलाई हेरेर क्यानले राष्ट्रिय टिममा मौका दिने निर्णयमा पुगेको हो ।

अनिल र देवसँगै कप्तान राहित पौडेलेले नेतृत्व गर्ने टिममा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सरार्फ, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी र सुर्य तामाङ लिग टूको टिममा हुनेछन् ।

क्यानडाविरुद्धको सिरिजमा डेब्यु गरेका रिजन ढकाल र अर्जुन साउदले लिग टू खेल्ने टिममा स्थान गुमाएका छन् ।

नेपालले बिहीबारबाट कीर्तिपुर मैदानमा लिग टू सिरिज अन्तर्गतका खेल नामिबिया र नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।

प्रतिक्रिया