Pura Samachar

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली

प्रकाशित: February 14, 2024
पूरा समाचार

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली

काठमाडौँ- पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ ।

बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ ।

जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।

सुदूरपश्चिमका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ ।

देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।

केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको विज्ञले बताए।

बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया