Pura Samachar

निमावि शिक्षकका लागि ७ सय ७८ विज्ञापन खुल्यो

प्रकाशित: February 14, 2024
पूरा समाचार

निमावि शिक्षकका लागि ७ सय ७८ विज्ञापन खुल्यो

फाल्गुन २, २०८०।शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणाी शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ । विभिन्न ९ विषयमा निम्न माध्यमिक तहको ७ सय ७८ जना शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो ।
 नेपाली विषयका लागि १ सय १७, अंग्रेजीका लागि १ सय ७६, गणितका लागि १ सय २८ र विज्ञान विषयका लागि १ सय ६३ जना शिक्षकको विज्ञापन खुलाएको आयोगले जनाएको छ । यस्तै सामाजिकका लागि १ सय २२, गणित विज्ञानका लागि ६५, शुक्ल अर्जुवेदमा १, कम्प्युटर विज्ञानमा १ र संस्कृत भाषाका लागि ५ जना शिक्षकको दरखास्त खुलाइएको हो ।

विज्ञापनका लागि न्युनतम योग्यता पुगेका इच्छुक नागरिकले चैत्र १ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाई चैत्र ८ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । विज्ञापनको लिखित परीक्षाका लागि बैशाख ८ गतेको मिति तोकिएको छ ।

प्रतिक्रिया