Pura Samachar

आजको राशिफल

प्रकाशित: February 15, 2024
पूरा समाचार

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यावसायिक काममा फाइदा हुने तर आर्जित रकम बचत नभई तत्काल खर्च हुने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्ला । आजको दिन अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । रसरागको भाव वृद्धि हुनेछ । सन्तानसुखको योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कर्मबल बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त भइ प्रतिष्ठित काम गर्ने अवसर जुर्न सक्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तथापि विगतका निर्णयले काम बिग्रन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ प्रप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ कामको लागि उपयुक्त समय नभएपनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापारमा फाइदा हुने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको चापबाट मुक्त रही विश्राम पाइने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउला ।सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । समयमा होश नपुग्नाले खर्च भने बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ, सावधान रही कर्म गर्नुहोला । दौडधुप बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइने तथा रमाइलो यात्राको अवसर जुर्ला । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सावधान रहनुहोला । बौद्धिक, रचनात्मक तथा कलात्मक कामले गति लिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन चुनौतीयुक्त रहला । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गरेर पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही पर्खंदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा भने राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च बढ्ने योग छ । तथापि, पराक्रम वा साहस वृद्धि हुनेछ । कुनै उपायले समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेमभाव र आरोग्यता वृद्धि हुने भए पनि आजको दिन लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । पठन-पाठनमा त्यति समय दिन नसकिएला । व्यस्तता बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । पराक्रम बढ्नेछ । विवेकको सही प्रयोगले प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका मिल्ने देखिन्छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । मिठो भोजन प्राप्ति एवम् गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय भएपनि व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने योग छ । व्यापारमा पनि राम्रै फाइदा होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । पारिवारिक सुख मिल्ला । आयस्रोत बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला, तर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन छ । आरोग्यता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित काम गर्ने समय छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । स्वास्थ्य भने सामान्य कमजोर रहला । काममा अवरोध गर्न खोज्नेहरू परास्त होलान् । सन्तानसुख मिल्नेछ । आयआर्जन राम्रै होला । रसरागमा आकर्षण बढ्ला । वातासँग सम्बन्धित काम बन्नेछ । यात्रा सफल हुनेछ ।

प्रतिक्रिया